May 19, 2024

मानवीय सहकारी संस्थाद्धारा बचत रकम गायव

1 min read
Spread the love

मानवीय सहकारी संस्थाद्धारा बचत रकम गायव काठमाडौं । बैंकको भन्दा दोब्बर ब्याजदर दिने आश्वासन बाढ्दै बचत गर्न लगाएर एक सहकारी संस्थाले बचतै गायव गरेको समाचार प्राप्त भएको छ । न्यूरोड वसन्तपुर स्थित रहेको मानवीय बचत तथा ऋण सहकारी संस्थाले बचतमा राखेको रकम थाहै नदिई गायब गरेको पिडित सुदिप सिंहले वताएका छन । मुद्धती खातामा बार्षिक १४ प्रतिशत ब्याजमा ०६९ माघ १२ गते ३ लाख र बार्षिक १३ प्रतिशतमा ०७१ असार ३२ गते ४ लाख ५० हजार बचत गरेकोे रकम मञ्जुरीनाम विना नै संस्थाले अर्कै ऋणीको नाममा रकम निकास भएको बताउदै आएको पिडित सिंहले बताए । बढि ब्याज पाउने आश्वासनमा साँवा नै गुमाउदा पनि कतैबाट न्याय नपाएको पनि सिंहले बताएका छन । सहकारी नियमननिकाय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हेटौडादेखि प्रहरी परिसर काठमाडौंमा दर्जनौं पटक धाउँदासमेत कतैबाट न्याय नपाएको पिडितले बताएका छन ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय हेटौडाले ०७५ मंसिर २४ गतेको मितिमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंलाई कारवाहीका लागि काटेको भएपनि हालसम्म कारवाही हुन सकेको छैन । मन्त्रालयले काटेको पत्र संख्या ०७५÷७६ र चलानी ८१३ रहेको छ । कारवाही गर्नुकोसट्टा प्रहरी प्रशासनले उल्टै ठगीगर्ने संस्थाका अध्यक्षलाई संरक्षण दिएको पिडितले आरोप लगाएका छन । सहकारीबाट लुटिएका सिंह मन्त्रालय र प्रहरी प्रशासन धाउँदा थप पिडित बन्नु परेकोसमेत दुखेसो गरेका छन ।
यसै विषयमा संस्थाका अध्यक्ष मनोज बासुकलालाई पटक–पटक सम्पर्क गर्दा उनको मोवाईल उठेन । उनको मोवाइल नउठेपछि संस्थाका कार्यकारी व्यवस्थापक विनोदरत्न बज्रार्चाललाई सम्पर्क गर्दा आफुलाई थाह नभएको जानकारी दिए । प्राप्त प्रमाण अनुरुप संस्थाको बदमासी बचत गर्दैदेखि देखिन आउँछ । बचतकर्ता सुदिप सिंहले बचत गरेकै दिन मुद्धती कर्जा उपलब्ध गराई पाउँ भन्ने निवेदन दिन लगाएको देख्निछ । सोही निवेदनलाई आधार मानी मुद्धतीकर्जा लिएको भनी बचतकर्ता सिंहलाई ऋणी देखाएर फर्काएको भएपनि संस्थामा तमसुक केही नभएको र आफुले ऋण नलिएको सिंह बताउछन । उता संस्थाले भने १३ प्रतिशत व्याज आउनेमा रकम राखी सोही दिन २१ प्रतिशत ब्याजमा संस्थाबाट २ लाख ५६ हजार र दोस्रो पटक ४ लाख ५ हजार कर्जा लगेको व्यहोराको पत्र परिसरलाई काटेको छ । यहाँ अच्चमको कुरा के छ भने सस्तो व्याजमा बचत गरेर महंगो व्याजमा ऋण लिएको देखाएको छ र त्यतिमात्र नभई बचत गरेकै दिन ऋण लिएको भनिएको छ । यसरी बचतकर्तालाई मात्र पङ्गु नबनाई प्रहरी प्रशासनलाई समेत गुमराहमा राख्दा पनि संस्थामाथि कुनै कारवाही भएको पाइदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *